मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसले गरेको हवाई आक्रमणमा युक्रेनमा १३ जनाको गयो

रुसले गरेको हवाई आक्रमणमा युक्रेनमा १३ जनाको गयो

न्यूजस्टोरी

युक्रेनका विभिन्न ठाउँमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । ५६ जना घाइते भएका छन् ।

रुसले राजधानी कीएभसहित विभिन्न क्षेत्रमा २ सय ५० वटा ड्रोन र १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायु सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणका कारण थुप्रै आवासीय भवनमा आगलागी भएको छ ।

आक्रमणपछि प्रतिक्रिया जनाउँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा यस्ता आक्रमणहरूसँगै संसारलाई युद्ध लम्बिनुको प्रमुख कारण रुस नै हो भन्ने विश्वास अझ गहिरिँदै गएको बताउनुभएको छ ।