मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाद्वारा यूएईसँग दुई सय अर्ब डलरभन्दा धेरैको सम्झौता

अमेरिकाद्वारा यूएईसँग दुई सय अर्ब डलरभन्दा धेरैको सम्झौता

न्यूजस्टोरी

अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) सँग दुई सय अर्ब डलरभन्दा धेरैको सम्झौता घोषणा गरेको छ । सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्त्वपूर्ण खनिजहरू समावेश गरिएको छ ।

जीई एरोस्पेसले इतिहाद एअरवेजबाट जीई इन्जिनद्वारा सञ्चालित बोइङ र विमान खरिद गर्नका लागि १४ दशमलव ५ बिलियन डलरको सम्झौता गरेको ह्वाइट हाउसले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

‘इमिरेट्स ग्लोबल एल्युमिनियम’ ले ओक्लाहोमा राज्यमा चार अर्ब डलरको प्राथमिक एल्युमिनियम गाल्ने परियोजनामा लगानी गर्ने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

एक्सोनमोबिल, अक्सिडेन्टल पेट्रोलियम र ईओजी रिसोर्सेजले आबुधाबीको नेसनल आयल कम्पनीसँग ६० अर्ब डलरको तेल र प्राकृतिक ग्यासको उत्पादनका लागि सहकार्य गरिरहेको छ ।

त्यसैगरी आरटीएक्सले इमिरेट्स ग्लोबल एल्युमिनियम र यूएईको काउन्सिल तवाजुनसँग चर्चित ‘ग्यालियम प्रोजेक्ट’ मा साझेदारी गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ति बिहीवार साउदी अरब र कतारको भ्रमणपछि यूएईको भ्रमण गर्नुभएको हो । उहाँ हिजो आबुधाबीमा महत्त्वपूर्ण व्यापारिक बैठकमा सहभागी हुनुभयो । योसँगै अमेरिकी राष्ट्रपति ट्रम्पको पश्चिम एशिया भ्रमण सकिएको छ ।