मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोरी र भतिजलाई खुर्पा हानेपछि भुपू सेनाले रेटे आफ्नै घाँटी

छोरी र भतिजलाई खुर्पा हानेपछि भुपू सेनाले रेटे आफ्नै घाँटी

न्यूजस्टोरी

चितवन । चितवनको दिव्यनगरमा एक व्यक्तिले आफ्नै छोरी र भतिजालाई खुर्पा प्रहार गरेका छन् । भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय लिलाराज गिरीले ५ वर्षीय भतिज सजन र ७ वर्षीया छोरी प्रभा गिरीको घाँटीमा खुर्पा प्रहार गरेपछि आफ्नै घाँटी रेटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

खुर्पा प्रहारबाट ५ वर्षीय सजनको मृत्यु भएको डिएसपी खनालले जानकारी दिए । सजन लिलाराजका दाइको छोरा हुन् । तीनै जनालाई चितवन मेडिकल कलेजमा पुर्‍याइएकामा सजनको उपचारका क्रममा मृत्यु भएको हो ।

लिलाराज र उनको छोरीको अवस्था गम्भीर रहेको डिएसपी खनालले जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा लिलाराज भुत पूर्व सेना रहेको खुलेको छ । त्यस्तै उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको पनि प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी खनालले जानकारी दिए ।