मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा रहेको इजरायली दूतावास नजिक विस्फोट, इजरायलद्वारा ‘ट्राभल एडभाइजरी’जारी

भारतमा रहेको इजरायली दूतावास नजिक विस्फोट, इजरायलद्वारा ‘ट्राभल एडभाइजरी’जारी

न्यूजस्टोरी

एजेन्सी । इजरायलले भारतमा रहेको इजरायली दूतावास नजिक भएको विस्फोटलाई ‘सम्भावित आतङ्कवादी हमला’ को संज्ञा दिँदै ट्राभल एडभाइजरी निकालेको छ ।

इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी निकालेको हो । हिजो नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिकै विस्फोट भएको थियो ।

इजरायली दूतावासका प्रवक्ता गाय नीरले दिल्ली पुलिस र सुरक्षा टोलीहरूले विस्फोटको घटनाबारे अनुसन्धान गरिरहेको बताउनुभएको छ । यस्ता घटना फेरि हुने सम्भावना व्यक्त गर्दै इजरायलले ट्राभल एडभाइजरी निकालेको बीबीसीमा उल्लेख छ ।

सुरक्षा परिषद्ले इजरायली नागरिकहरूलाई भिडभाड हुने ठाउँहरू र विशेषगरी विदेशीहरू, इजरायलीहरू र यहूदीहरूको भ्रमण गर्ने ठाउँहरूमा नजान चेतावनी दिएको छ । इजरायली नागरिकहरूलाई रेस्टुरेन्ट, होटल, पबजस्ता सार्वजनिक ठाउँमा सतर्क रहन पनि अपिल गरिएको छ ।

यस्तै, उनीहरुलाई सकेसम्म आफ्नो पहिचान नखुलाउन र सामाजिक सञ्जालमा आफ्ना यात्राका योजनाहरू आदानप्रदान नगर्न पनि भनिएको छ ।