मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी कार्यालय अमलेखगञ्जको सक्रियता : लागुऔषधसहित २ जना पक्राउ

प्रहरी कार्यालय अमलेखगञ्जको सक्रियता : लागुऔषधसहित २ जना पक्राउ

न्यूजस्टोरी

बारा, २० फागुन । बारास्थित ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले लागुऔषधसहित २ जना पुरुषलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा २ किलो ५०० ग्राम लागुऔषध अफिम जस्तो पदार्थ सहित २ जना पुरूषहरुलाई पक्राउ गरेको हो । हेटौंडाबाट वीरगञ्जतर्फ जादै गरेको प्र.३–०३–००२ प ८११ नम्बरको १२५ सिसिको डिस्कभर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई लगी रहेको अवस्थामा अफिम जस्तो पद्धार्थ मरामद गरिएको हो । पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा चितवनस्थित कालिका नगरपालिका वडा नं.३ कि ५० वर्षिय संचलाल वाईवा र मकवानपुरस्थित हेटौडा उप–महानगरपालिका वडा नं. ३ का ४८ वर्षिय हिरालाल वाईवा रहेका छन् ।