मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८ मधेशकन्द्रित दलको बैठक नाउपाको कार्यालयमा

८ मधेशकन्द्रित दलको बैठक नाउपाको कार्यालयमा

न्यूजस्टोरी

काठमाडौँ । मोर्चाबन्दी गर्ने तयारीमा रहेका मधेश केन्द्रित दलहरूको संयुक्त बैठक आज बस्दैछ। मधेश केन्द्रित आठ दलीय मोर्चा बनाउने प्रयासमा रहेका नेताको संयुक्त बैठक आज दिउँसो एक बजे नागरिक उन्मुक्ति पार्टी(नाउपा)को संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो।

मधेश तथा थारू आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि अपनाउने रणनीतिबारे छलफल गर्न आठ दलको बैठक बस्न लागेको सो पार्टीका नेताहरुले बताएका छन्।

बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरीलाई बोलाइएको छ।