चितवन, २० माघ । नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । १०औं अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदका लागि केशब आचार्य, इश्वरीप्रसाद अर्याल, लोकराज भूषाल र भवानी अधिकारीले उम्मेदवारी दिएका हुन् ।
निर्वाचनमा आचार्य र अर्याल बीच प्रतिस्पर्धा हुने देखिएको छ । आचार्य रत्ननगर नगरपालिका वडा नं १० का निर्वतमान वडाध्यक्ष हुन भने अर्याल नेकपा एमालेका रत्ननगर नगर कमिटी अध्यक्ष हुन । नगर कमिटीको उपाध्यक्षमा आशिक तामाङ, ऋतु गिरी, रविन्द्र दुवाडी, राममणि थपलिया र शम्भूभक्त थपलिया, सचिवमा इन्द्रबहादुर भण्डारी, सागर मिश्र र शालिग्राम पराजुली,उपसचिवमा सविता चौधरी, चन्द्रिका महत केसी, बालकृष्ण भट्टराई९राजु० र इन्द्र केसीको उम्मेदवारी परेको निर्वाचन अधिकृत अधिबक्ता रामकुमार श्रेष्ठले जानकारी दिए । उपसचिवमा एक जना महिला अनिबार्य सहित दुई जना निर्वाचित हुनुपर्नेमा ४ जनाको उम्मेदवारी परेको छ ।
पालिकागत खुल्ला कमिटी सदस्यमा एक जना महिला अनिवार्य सहित ४ जना निर्वाचित हुनुपर्नेमा ७ जनाको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया