काठमाडाैं । अमेरिकी सरकारले बहुचर्चित सोसल मिडिया प्लेटफर्म ‘टिकटक’ मा प्रतिबन्ध लगाएको छ । अमेरिकाभर शनिबार साँझदेखि टिकटक चल्न छोडेको हो । टिकटक बन्द भएपछि अहिले एप खोल्दा प्रतिबन्ध भएको जानकारी राखिएको छ ।
टिकटकलाई प्ले स्टोर र एप स्टोरबाट पनि हटाइएको छ । साथै वेबमा पनि टिकटक उपलब्ध नभएको जानकारी दिन थालिएको छ । अमेरिकी कांग्रेसले अप्रिलमा एउटा कानुन पारित गरेको थियो, जसले टिकटकको अभिभावक कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी स्वामित्व बेच्न वा बन्द गर्न आदेश दिएको थियो । तर कम्पनीले दोस्रो विकल्प रोजेको छ । प्रयोगकर्तालाई दिएको सन्देशमा टिकटकले ट्रम्पले कार्यभार सम्हालेपछि यसको समाधान खोज्नेमा आशावादी रहेको बताएको छ ।
अमेरिकामा टिकटक बन्द हुने प्रक्रिया पाँच वर्षदेखि सुरू भएको थियो । त्यसबेला तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को मध्यमा कार्यकारी आदेश मार्फत पहिलोपटक टिकटक प्रतिबन्धको प्रस्ताव गरेका थिए, जसले सफलता पाएको थिएन ।


प्रतिक्रिया