मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट कावासोतीमा १ जनाको मृत्यु

दिल्लीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट कावासोतीमा १ जनाको मृत्यु

न्यूजस्टोरी

नवलपुर, ५ माघ । नवलपुरको कावासोती-३ सभापति चोकमा भएको सवारी दुर्घटनामा परी गएराति १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

दिल्लीबाट काठमाडौंका लागि छुटेको लु २ ख ६८३३ नम्बरको बसको ठक्करबाट गएराति १ जना पैदल यात्री गम्भीर घाइते भएका थिए।
दुर्घटनामा घाईते कावासोती ३ निवासी ७० बर्षीय मानबहादुर सुनारको गएराति उपचारको क्रममा चितवनमा मृत्यु भएको हो ।
बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।