मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि अदालतमा हाजिर, थुनछेक बहस हुँदै

रवि अदालतमा हाजिर, थुनछेक बहस हुँदै

न्यूजस्टोरी

काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनछेक बहसका लागि आज (सोमबार) अदालतमा हाजिर भएका छन् ।

उनी आज बिहान १० बजेपछि काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हुन् । यस मुद्दामा आइतबार पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेतर्फको बयान भएको थियो । सरकारी वकिलहरूले बहस नगरेपछि आइतबार राति उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । आज थुनछेक बहस हुन लागेको हो ।

लामिछानेविरुद्धको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हो । उनलाई धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश आजै आउने सम्भावना छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार आफैँ अदालतमा हाजिर भएका थिए । सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका उनी बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।