मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्री लेखक भन्छन्, ‘ गठबन्धन टिक्दैन भन्ने हल्ला मात्रै हाे, सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ’

गृहमन्त्री लेखक भन्छन्, ‘ गठबन्धन टिक्दैन भन्ने हल्ला मात्रै हाे, सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ’

न्यूजस्टोरी

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन नटिक्ने भन्नेकुरा हल्लामात्रै भएको बताएका हुन्। उनले नेकपा एमाले र नेपाली कांग्रेसले गरेको सात बुँदे सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने बताए।

उनले भने, ‘ यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो। यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन। यो गठबन्धन टिकिरहेको छ। राम्रो काम गर्ने कुरामा अघि बढेको छ। र हामी दुई पार्टी नेपाली काँग्रेस र नेकपा एमाले बीचमा बनेको सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ। र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ।’ संविधान संशोधन ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको उनकाे भनाइ थियाे।

उनले भने, ‘संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गर्ने हो। त्यसको पहिचान गरेपछि सबै राजनीतिक दलहरूलाई ति विषयमा सहमति गरेर सबै राजनीतिक दलहरूका बीचमा वार्ता र संवादमार्फत संविधानका संशोधन गर्नुपर्ने अन्तरवस्तुमा सहमति गरिसकेपछि प्रक्रिया शुरु हुन्छ। १० वर्षको संविधानको अभ्यासमा देखिएका राम्रा र नराम्रा पक्षको अध्ययन गर्नुपर्छ।’