किरण कुँवर
खैरहनी, २८ पुस । चितवनको खैरहनीमा थारु समुदायको पर्व माघीको अवसरमा खिचरा महोत्सव हुने भएको छ ।
गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले पत्रकार सम्मेलन मार्फत महोत्सवबारे जानकारी गराएको हो । खिचरा महोत्सवले थारु संस्कृति जोगाउन मद्धत पुग्ने आयोजकको दावी छ ।
१५० वटा स्टल रहने महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको छ । महोत्सव माघ ७ गते सम्म चल्ने छ ।


प्रतिक्रिया