मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामिछानेले सूर्यदर्शन सहकारीलाई काटेका १२ चेकको हस्ताक्षर सक्कली पुष्टि

लामिछानेले सूर्यदर्शन सहकारीलाई काटेका १२ चेकको हस्ताक्षर सक्कली पुष्टि

न्यूजस्टोरी

काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सूर्यदर्शन सहकारी संस्थालाई किस्ता तिर्न काटेका १२ चेकमा गरेको हस्ताक्षर सक्कली भएको पुष्टि भएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान गर्दा प्रहरीले लामिछानेले काटेका ८२० चेकमध्ये सहकारीलाई भुक्तान गरेका १२ वटा चेकको हस्ताक्षर फरेन्सिक परीक्षण गर्दा सक्कली भएको पुष्टि भएको हो । नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा सक्कली भएको पुष्टि भएको सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेले विभिन्न कागजपत्रमा आधिकारिक रूपमा गरेका २१ वटा हस्ताक्षरलाई मापदण्ड (स्टान्डर्ड) मानेर उनले काटेका चेकको परीक्षण गर्दा हस्ताक्षरमा अक्षरको स्वरूप, आकार, धर्का, बनोट र थोप्ला समान रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा हस्ताक्षर बिना रोकावट गरिएका तथा तिनमा स्वाभाविक भिन्नता मात्रै रहेकाले हस्ताक्षर दुई फरक व्यक्तिले गरेका होइनन् भन्नलाई उल्लेख्य र पर्याप्त आधार रहेको लेखिएको छ । हस्ताक्षरमा अक्षरको बहाव, धर्काको गुणस्तर, सीप, गति, दूरी, आकार र अनुपात आदि एकअर्कासँग मिलेको देखिएको प्रतिवेदनमा प्रहरीले प्रस्तुत गरेको फरेन्सिक रिपोर्टमा उल्लेख छ ।

लमिछानेले सहकारीको बचत गोर्खा मिडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको बताउँदै आएका थिए । कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले काटेका ८२० चेकमध्य चार दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए । ती मध्य १२ चेकको फरेन्सिक परीक्षण गरिएको थियो ।