मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शितलहरले चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

शितलहरले चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

न्यूजस्टोरी

रूपन्देही । शितलहरका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको दाउन्ने सडक अवरुद्ध बनेको छ । नारायणगढ-बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्डमा उकालो र ओरालोमा शितलहरले बाटो चिप्लो भएका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ। बाक्लो हुस्सुले अगाडिको सवारी समेत नदेखिने अवस्था छ ।

बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएर आज बिहान ४ बजेसम्म दुईतर्फी सडक अवरुद्ध भएर केही बेर एकतर्फी सञ्चालनमा आए पनि अहिले पुनः दुईतर्फी आवागमन नै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिए ।

प्रहरीले ठूला र मालवाहक सवारीलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ । यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर सडक अवरुद्ध हुने गरेको थियो ।

सडक विस्तारको क्रममा दाउन्नेमा सडक एकतर्फी भएर घन्टौँ जाममा बस्नुपर्ने बाध्यतामा रहेका यात्रुलाई थप सास्ती भएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी जाममा परेका छन् । सडक चिप्लिएका कारण दुर्घटनाको जोखिम रहेको छ ।