मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डलाई जनार्दनले सोधे- चुनिएर आउन किन डराउनुपर्‍यो ?

प्रचण्डलाई जनार्दनले सोधे- चुनिएर आउन किन डराउनुपर्‍यो ?

न्यूजस्टोरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको अध्यक्ष चुनावबाट चुनिएर आउनुपर्ने बताएका छन्।
आइतबारबाट जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै शर्मा यस्तो बताएका हुन्।

विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको उल्लेख गर्दै उनले अध्यक्ष पुष्पकमल दाहाललाई चुनावबाट चुनिएर आउन सुझाव दिए। उनले सोधे, ‘अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ? अध्यक्षमा हामी कसैले दाबी गर्ने होइन, अध्यक्ष उहाँ नै हुने हो। चुनिएर आउन किन डराउनुपर्‍यो ?’

उनले बाहिर माओवादी केन्द्र प्राइभेट कम्पनी जस्तो भएको भन्दै आलोचना गरेको सुनाए। एक केन्द्रीय सदस्यले भने, ‘उहाँले पार्टी विधिसम्मत चल्नुपर्ने कुरा बताउनुभयो। सबै कमिटी चुनिएर आउँदा केन्द्रीय अध्यक्ष पनि चुनिएरै आउनुपर्ने कुरा उठाउनुभयो।’