मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा भूकम्पको धक्का: काठमाडौंमा छतबाट हामफाले एक पुरूष, बारामा विद्यार्थीहरू बेहोस

नेपालमा भूकम्पको धक्का: काठमाडौंमा छतबाट हामफाले एक पुरूष, बारामा विद्यार्थीहरू बेहोस

न्यूजस्टोरी

काठमाडौँ । मंगलबार बिहान ६:५० मा तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याच्नेच्युटको भूकम्पले नेपालका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।

गृह मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार ५ जिल्ला विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। मन्त्रालयका अनुसार सिन्धुपाल्चोक भोटेकोशे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ।

रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौँको स्युचाटारस्थित घरको छतबाट हामफाल्दा एक जना घाइते भइ अस्पतालमा उपचार भइरहेको छ। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेको जनाएको छ।