मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले नगर कमिटीका ४६ जनाले दिए सामूहिक राजीनामा (पत्रसहित)

एमाले नगर कमिटीका ४६ जनाले दिए सामूहिक राजीनामा (पत्रसहित)

न्यूजस्टोरी

काठमाडौं । पार्टीभित्र रहँदा-पटक अपमानित हुनुपरेको भन्दै कैलालीको गोदावरी नगर कमिटीका ४६ जना सदस्यले नेकपा (एमाले) परित्याग गरेको भन्दै सामूहिक राजीनामा दिएका छन् ।

नेकपापछि एमालेमे रहेका माओवादी धारका उनीहरूले आफूहरू पूर्वमाओवादी भनेर अपहेलित हुनुपरेको उल्लेख गरेका छन् । ‘यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो,’ सामूहिक राजीनामा पत्रमा उल्लेख छ ।

साथै उनीहरूले एमाले नेताहरूले ‘जनयुद्ध’का बारेमा लगातार प्रहार गरेको भन्दै त्यसमा पनि असहमति जनाएका छन् । उनीहरूको राजीनामा पत्रमा यही ११ पुसको मिति लेखिएको छ ।