मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुकुरलाई जोगाउन खोज्दा अष्ट्रेलिया उड्न लागेका श्रीमानको मृत्यु, श्रीमती घाइते

कुकुरलाई जोगाउन खोज्दा अष्ट्रेलिया उड्न लागेका श्रीमानको मृत्यु, श्रीमती घाइते

न्यूजस्टोरी

काठमाडौं । १५ पुसको साँझ ७ बजेर १० मिनेट जाँदै गर्दा भक्तपुरको मध्यपुरठिमी नगरपालिका-२ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट मगरगाउँतर्फ एक स्कुटर जाँदै थियो ।

बागमती प्रदेश ०२-०२८ प ६६१० नम्बरको उक्त स्कुटरका चालक थिए ३१ वर्षीय निश्चल प्रकाश राज भण्डारी । स्कुटरकै पछाडि थिइन् उनकी श्रीमती २८ वर्षीया पूजा श्रेष्ठ । भक्तपुर सानोठिमी धुन्चेपाखा बस्ने उनीहरु घरतर्फ जादै थिए । आफ्नै सुरमा स्कुटर चलाउँदै गरेका निश्चलको अगाडि अकस्मात एउटा कुकुर ठोक्किन आइपुग्यो । कुकुरलाई जोगाउन खोज्दा उनको स्कुटर अनियन्त्रीत भयो ।

बाटो क्रस गर्न लागेको कुकुरलाई जोगाउन खोज्दा निश्चलको स्कुटर अनियन्त्रित भएर दुर्घटना भयो । दुर्घटनामा श्रीमान निश्चलका साथै उनकी श्रीमती पूजा पनि घाइते भइन् । तत्कालै प्रहरीले उद्दार गरेर भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि पठाएको थियो । तीन दिनसम्म उक्त अस्पतालमा उपचार भयो ।

तर, त्यहाँ उपचार सम्भव हुन नदेखेपछि १८ पुस दिउँसो २ बजे निश्चल र उनकी श्रीमती पूजालाई थापाथलीस्थित नर्भिक अस्पताल पठाइएको थियो । दुवै दम्पतीको एक दिनसम्म नर्भीक अस्पतालमा उपचार भयो । तर, १९ पुसको साँझ साढे ७ बजे चिकित्सकले श्रीमान् निश्चललाई मृत घोषणा गरे । स्कुटरकै पछाडि सवार उनकी श्रीमतीको भने अहिले पनि नर्भीक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनमा परेको स्कुटर प्रहरी प्रभाग सानोठिमीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान गर्दा पूजाले प्रहरीलाई दुर्घटनाको कारण खुलाएकी थिइन् । पूजाको भनाइलाई उद्धृत गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ढुण्डिराज नेउपाने भन्छन्, ‘उहाँहरु आफ्नै सुरमा स्कुटर चलाइराख्नु भएको रहेछ । कसैले ठक्कर दिएको पनि होइन रैछ । कुकुरलाई जोगाउन खोज्दा दुर्घटनामा परेको देखिएयो ।’

मृतक र घाइते झापाको भद्रपुर नगरपालिकाको उपमेयर चन्द्रा श्रेष्ठका छोराबुहरी रहेको खुलेको छ । उनको परिवारले बताए अनुसार उनीहरु दुवै जना अष्ट्रेलिया उड्ने तयारीमा थिए । अष्ट्रेलिया जान भनेर झापाबाट बिदाबारी भएर उनीहरु काठमाडौं आएका थिए । तर कुकुरका कारण निश्चलको अष्ट्रेलिया उड्ने सपना पूरा हुन पाएन । पूजाको चाहिा खुट्टामा चोट छ । उनको उपचार जारी भएको डीएसपी नेउपानेले अनलाइखबरलाई बताए ।