मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्म १,१७९ लाई खुल्यो जागिर (विज्ञापनसहित)

सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्म १,१७९ लाई खुल्यो जागिर (विज्ञापनसहित)

न्यूजस्टोरी

काठमाडौं । सशस्त्र प्रहरी वल (एपीएफ) ले एकै पटक ठूलो संख्यामा आवेदन माग गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले आज (शुक्रबार) सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर १,१७९ जना जनशक्ति माग गरेको हो ।

जसअनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचीकार, १० जना सूचीकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्ने जनाइएको छ ।

हेर्नुस् विज्ञापन