मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदीय समितिबाट भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित

संसदीय समितिबाट भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित

न्यूजस्टोरी

काठमाडौं । संसदीय समितिबाट भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको हो ।

राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतीबाट पारित गरिएको हो ।