मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ

पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नियुक्त भएका पाँच जना राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार राष्ट्रपति पौडेलले पोर्चुगल, दक्षिण कोरिया, बेल्जियम, मलेसिया र डेनमार्कका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रकाशमणि पौडेललाई पोर्चुगल, प्रा।डा। कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम, डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसिया र सुम्निमा तुलाधरलाई डेनमार्कको राजदूतका रूपमा शपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।