मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, आगामी योजना घोष्णा गर्ने

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, आगामी योजना घोष्णा गर्ने

न्यूजस्टोरी

काठमाडौं । नेकपा एमालेबाट निकालिएका डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

रावलले आज दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी आगामी राजनीतिक योजनाबारे जानकारी गराउन लागेका हुन् । एमालेले पार्टीबाट निष्काशन गरेपछि राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले आज पत्रकार सम्मेलनमार्फत नयाँ दल खोल्ने चर्चा भइरहेको छ । उनले खोल्ने पार्टीको नाम गैरकम्युनिष्ट हुने पनि बताइएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रावलमाथि पार्टीविरोधी काममा संलग्न भएको भन्दै एमालेले पुस १० गतेको सचिवालय बैठकले कारबाही गरेको थियो। रावलले सामाजिक सञ्जालमार्फत परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि संचारकर्मी, शुभेच्छुक तथा जिज्ञासुहरुलाई आमन्त्रण गरेका छन् ।

एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेमा किनाराकृत भएका थिए ।