मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेकपोस्टमा बसले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

चेकपोस्टमा बसले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

न्यूजस्टोरी

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–९ छतौनास्थित सशस्त्र प्रहरीको चेकपोस्टमा बस पल्टिँदा प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

बा ००६ ख २००४ नम्बरको बस छतौनास्थित चेकपोस्टमा पल्टिँदा किचेर सशस्त्र बोर्डर आउट पोस्ट छतौनाका प्रहरी निरीक्षक बिजय तुलाधरको मुत्यु भएको हो । चेकपोस्टको छेउमा फोनमा कुरा गरिरहेका तुलाधरमाथि नै बस पल्टिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तुलाधरको उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बस चेकपोस्टमा राखिएको ड्रमलाई ठक्कर दिँदै पल्टिएको थियो । मृतक तुलाधरको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । बसमा सवार चालकदलका तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा अन्य यात्रु भने थिएनन् ।