मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलंकाको राजदूतमा नेपालीको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

श्रीलंकाको राजदूतमा नेपालीको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

न्यूजस्टोरी

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ। आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले नेपालीको नाम सर्वसम्मत अनुमोदन गरेको हो।

मंसिर ६ गतेको मन्त्रिपरिषद् बैठकले नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको थियो।