मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अखिल क्रान्तिकारीमा फेरि ‘लफडा’, माओवादी पदाधिकारी वैठक बोलाइयो

अखिल क्रान्तिकारीमा फेरि ‘लफडा’, माओवादी पदाधिकारी वैठक बोलाइयो

न्यूजस्टोरी

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेर हदसम्बन्धी मतगणनामा पनि विवाद भएको छ । ३२ वर्षे उमेर हदको पक्ष र विपक्षमा पाँच मतको मात्रै फरक रहँदा पुनः विवाद भएको हो । पुनः विवादपछि माओवादी केन्द्रको पदाधिकारी बैठक डाकिएको छ । बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बोलाइएको हो ।

उमेर हदको विषय टुंग्याउन शनिबार देशभर तोकिएको मतदान केन्द्रमा मतदान भएको थियो । तर, केही जिल्लाको परिणाम आउन थालेपछि उजुरी परेको भन्दै मतगणनाा स्थगन गरिएको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीका अनुसार मोरङ, डडेलधुरा लगायतका जिल्लामा मतदान नै हुन नसकेको र अरु कतिपय जिल्लामा गडबडी भएकाले त्यसको उजुरी निर्वाचन समितिमा परेपछि मतगणाना स्थगन भएको जानकारी दिए ।

‘बैतडी र बाजुरमा दुई जना मात्रै उपस्थित भएको तर भएभरका सबै प्रतिनिधिको मत हालेर पठाइदिएको, रुकुममा १०- १२ जना रुकुममा बाहिर रहे पनि उनीहरुको मत हालिएको, गुल्मीमा मत हाल्न नदिएको भनेर निवेदन आएको छ,’ कार्कीले भने, ‘त्यसउपर छानबिन गर्न माग गरिएको छ ।’

विद्यार्थी संगठनमा विवाद देखिएपछि त्यसबारे छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक समेत बोलाएको छ । बैठक आजै दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो । यसअघि उमेरहद १८, २५, ३२ कति राख्ने भन्नेमा लामो समय विवाद हुँदा माओवादी केन्द्रले ३२ माथि मतदान गरेर जान निर्देशन दिएको थियो ।