चितवन, १२ पुस । चितवनको सौराहामा आयोजित हात्ती महोत्सवमा विजुलीकलीले हात्ती सुन्दरीको ताज जित्न सफल भएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको ताज जितेकी हुन् ।
विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध हात्ती हो । ३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गर्दै विजुलीकलीले सुन्दरीको ताज आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् । हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर निर्णायकले मूल्यांकन गर्ने आयोजकको भनाइ छ ।


प्रतिक्रिया