मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो पाँच राउण्ड गोली

खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो पाँच राउण्ड गोली

न्यूजस्टोरी

चितवन । नेपाली सेनाले गैंडाको खाग तस्करीको आशंकामा मकवानपुरमा पाँच राउण्ड गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार मध्याह्न हेटौंडा उपमहानगरपालिका–८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ । सेनाले नियन्त्रणमा लिएका व्यक्तिको परिचय खुलाइएको छैन ।

‘बिहीबार मध्याह्न पाँच राउण्ड हवाई फायर भएको हो । सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ,’ प्रहरी निरीक्षक सापकोटाले भने । नेपाली सेनाका प्रवक्ता समेत रहेका सहायक रथि गौरव केसीले घटनाबारे विवरण लिने काम भइरहेको जानकारी दिए ।