काठमाडौँ । मुग्लिङ काठमाडौँ सडकखण्डको धारापानीमा भारतीय मालबाहक ट्रक दुर्घटना भएको छ । बुधबार दिउँसो धादिङ प्रहरीका अनुसार आरजे जीपी ८२८१ नम्बरको ट्रक काठमाडौँ जाँदै गर्दा सडकको दाँयापट्टि दुर्घटना भएको हो ।
उक्त ट्रककले भारतबाट काठमाडौँ प्लाइ लिएर जाँदै गरेको थियो । सडक निर्माण भइरहेकाले सडकखण्को नाली मा परेर ट्रक दुर्घटना भएको एक प्रहरी अधिकृतले इकागजालाई जानकारी दिए ।
आवागमनमा कुनै अवरोध नभएको र दुवैतर्फ सहजै यातायातको आवागमन भइरहेको ती प्रहरी अधिकृतले जानकारी दिए । कुनै पनि मानवीय क्षति नभएको उनको भनाइ छ ।


प्रतिक्रिया