मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोकिराखेको ट्रकमा ठोक्किएर प्रहरी जवानको मृत्यु 

रोकिराखेको ट्रकमा ठोक्किएर प्रहरी जवानको मृत्यु 

न्यूजस्टोरी

रुपन्देही । मोटरसाइकल दुर्घटनामा परेर दाङमा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

सोमबार राती दाङको लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जनाएका छन् । उनी चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए । वडा प्रहरी कार्यालयको काममा खटिएका चौधरीको लमही वडा नम्बर ७ स्थित कर्ण खोलामा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

जिप्रकाका अनुसार सोमबार बेलुकी सवा आठ बजेतिर उनी दुर्घटनामा परेपछि उद्धार गरी लमही अस्पतालमा पुर्‍याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।