मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा बाबुछोराकाे ‘हत्या’ फेला, जेठो छोरा फरार

भक्तपुरमा बाबुछोराकाे ‘हत्या’ फेला, जेठो छोरा फरार

न्यूजस्टोरी

काठमाडौं । भक्तपुरमा बाबु छोरा मृत फेला परेका छन् । खोटाङ स्थायी घर भएका बुवा कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण मृत फेला परेका हुन् ।

कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बा हुन् । “शनिबार साँझ तीनैजनाले सँगै खाना खाएको कुरा आएको छ । बाहिरबाट ताल्चा लगाइएको थियो । तर, भित्र दुईवटा छुट्टाछुट्टै कोठामा शव छ,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी डीएसपी ढुण्डीराज न्यौपानेले बाह्रखरीसँग भने, “धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ ।”

उनका अनुसार, जेठो छोरा फरार छन् । शव अहिले घटनास्थलमै रहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको डीएसपी न्यौपानले बताए ।

कुलप्रसाद कार्यालयको कामले काठमाडौं आएको पाइएको भन्दै डीएसपी न्यौपानेले भने, “घटना कसरी र के कारणले भयो, घटना कसले घटायो प्रहरीले अनुन्धान सुरु गरिसकेको छ ।”