काठमाडौं । हङकङबाट जहाजमा आएका एक यात्रुलाई अस्पताल पुर्याएसँगै मृत घोषणा गरिएको छ ।
नेपाल वायुसेवा निगमको आरए ४०१ उडानमार्फत् काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका ५३ वर्षे देउमान लिम्बुको निधन भएको हो । एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
जहाजमा अचेत हुनुको कारण खुलेको छैन । विमानस्थलको आकस्मिक सेवा हेर्ने टीमले केएमसी अस्पतालमा पठाइएको जनाइएको छ ।


प्रतिक्रिया