बाग्लुङका ९५ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट झण्डै दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन ।
गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’ को नीति लिएको छ । नीतिअनुरुप गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा बाग्लुङभरका आयोजनाका लागि १८ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाग्लुङका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला भर १४ हजार आठ सय वटा ‘एक घर एक धारा’ निर्माण भइसकेको उहाँको भनाइ छ । यी धाराबाट ६४ हजार चार सय १० जना नागरिक लाभान्वित भएको प्रमुख पौडेल बताउनुहुन्छ ।
निसीखोला गाउँपालिका–२ अर्नाकोटकी स्थानीय कली विकले भने लामो समयदेखि खानेपानीको समस्या हुँदा राज्यको ध्यान पुग्न नसकेको गुनासो गर्नुभयो । गाउँ नजिकका मुहान नहुँदा खानेपानी समस्या पर्दै गएको उहाँको भनाइ छ ।


प्रतिक्रिया