किरण कुँवर
चितवन, ६ पुस । नेकपा एमाले कालिका नगर कमिटीको दोस्रो नगर अधिवेशन पूर्वी चितवनको खोलेसिमलमा सुरु भएको छ । अधिवेशन उद्घाटन पूर्व एमालेले कालिकामा शोभायात्रा पनि निकालेको छ । कार्यक्रममा बोल्दै एमालेका नेताहरुले सरकारको नेतृत्व गरिरहेको एमालेलाई विदेशी शक्तिको इसारामा चौतर्फी आक्रमण भइरहेको जिmकिर गरेका थिए ।
पछिल्लो समय बढेको एमालेको लोकप्रियता देखेर देशी बिदेशी शक्तिहरु एमाले सकाउन लागि परेको बताएका थिए । एमालेमा असल नेता कार्यकताले जिम्मेवारी लिन नखोज्ने र भड्काउ प्रवृतिका मान्छेहरु हावी हुने वातावरणको अन्त्य हुनुपर्ने एमाले नेताहरुको बुझाइ छ ।


प्रतिक्रिया