मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

न्यूजस्टोरी

काठमाडौं, ५ पुस । सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । संवैधानिक इजलासले गएको मङ्सिर २६ गते गरेको निर्णय हिजो सर्वोच्चबाट प्रमाणीकरण भएको हो ।

सङ्घीय सरकार र मधेश सरकारको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग भएकोमा यो शब्द संविधानविपरीत रहेकोले हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका गर्नुभएको थियो । जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२(५)प्रतिकूल भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यो आदेश गरेको हो ।