मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

न्यूजस्टोरी

काठमाडौं । मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ। राति पनि देशभरको मौसम असामान्यता सफा रहने महाशाखाले जनाएको छ ।

आज काठमाडौंको न्यूनतम् तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । सोमबार पनि काठमाडौंको तापक्रम ४.८ डिग्री नै मापन भएको महाशाखाले जनाएको छ ।