मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा बिहानैदेखि हुस्सु, दिउँसो र राति मौसम सफा रहने

तराईमा बिहानैदेखि हुस्सु, दिउँसो र राति मौसम सफा रहने

न्यूजस्टोरी

काठमाडौं, ३० मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै तराईका केही स्थानमा आज बिहानैदेखि हुस्सु लागेको छ ।
विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ ।
सोमबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।