मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज काठमाडौं महानगरको ३०औं महानगर दिवस, आज विशेष कार्यक्रम

आज काठमाडौं महानगरको ३०औं महानगर दिवस, आज विशेष कार्यक्रम

न्यूजस्टोरी

काठमाडौं, २९ मंसिर । काठमाण्डौ महानगरपालिकाले आज ३०औं महानगर दिवस मनाउँदैछ । सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागेको महानगरले जनाएको छ ।

महानगर दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा र सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुँदैछ । साङ्गीतिक कार्यक्रम दिउँसो ३ बजेपछि शुरू हुने र खानासम्बन्धी स्टलहरू बिहान १० बजेदेखि नै खुला हुने महानगरका मेयर बालेन्द्र शाहले जानकारी दिनुभएको छ ।

महानगर दिवसको कार्यक्रममा प्रवेश र पार्किङ निःशुल्क हुनेछ । पुरानो बसपार्कमा रहेको काठमाण्डौ टावरमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

१९९६ साल पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । २०५२ साल मङ्सिर २९ गते काठमाण्डौ नगरलाई काठमाण्डौ महानगर घोषणा गरिएको थियो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।