मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पतीसहित ३ जनाको मृत्यु

बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पतीसहित ३ जनाको मृत्यु

न्यूजस्टोरी

बुटवल, २९ मंसिर । बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्य भएको हो ।
दमको रोगी गौरी खनाललाई बुटवल अस्पताल ल्याउने क्रममा पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको थियो ।
जिप अनियन्त्रित भै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

मृतकको शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।