मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा बिहान उडान ठप्प

हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा बिहान उडान ठप्प

न्यूजस्टोरी

काठमाडौँ । हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा मंगलबार बिहान उडान ठप्प भएको छ।

बाक्लो हुस्सुका कारण मध्याह्न करिब १२ बजेसम्म अधिकांश विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहान जनकपुर, सिमरा, भद्रपुर, विराटनगर, चन्द्रगढी, राजविराज लगायत विमानस्थलमा उडान, अवतरण हुन सकेन।

विमानस्थल कार्यालयका अनुसार चन्द्रगढी, राजविराज र सिमरा विमानस्थलमा भने भर्खरै मात्र उडान भएको छ भने जनकपुर र विराटनगरमा भो अझै हुन सकेको छैन। तोकिएको समयमा उडान हुन नसकेपछि यात्रुले सास्ती खेप्न परेको छ। त्यस्तै काठमाडौँ विमानस्थलमा यात्रुको भीड लागेको छ।