मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको वीरगञ्जमा बयान शुरू

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको वीरगञ्जमा बयान शुरू

न्यूजस्टोरी

पर्सा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पर्साको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिन थालेको छ । कार्यालय समय शुरु भएपछि उनको बयान लिन थालिएको हो । यो उनको बयान दिएको पाँचौँ जिल्ला हो । पाँचै जिल्लाका सहकारी प्रकरणमा उनी मुछिएका हुन् । सोमबार साँझ वीरगञ्जमै उनको स्वास्थ्य परीक्षण गरिएको थियो । जसअनुसार उनको रक्तचाप १६०–११० मापन गरिएको थियो ।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याएर बयान थालिएको हो । उनलाई सोमबार कास्कीबाट काठमाडौँ हुँदै काठमाडौँबाट सिराहा जहाजमा ल्याएर त्यसपछि गाडीमा वीरगञ्ज ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको जनाएको छ ।

सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो । जीबी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरीपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ र चितवनमा बयान दिइसकेका छन् । अब उनलाई पर्सामा बयान लिइन लागेको हो ।

रवि कार्तिक २ गते पक्राउ परेका थिए । त्यतिबेलादेखि कास्की प्रहरीको हिरासतमा छन् । त्यस्तै छविराज जोशीलाई पनि वीरगञ्ज ल्याइएको छ । उनलाई गाडीमा वीरगञ्ज ल्याइएको हो । एउटै प्रकरणमा मुछिएका उनी गत असोज ६ गतेदेखि प्रहरीको हिरासतमा छन् ।