मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविको पक्षमा उत्रिए प्रचण्ड : अमानवीय व्यवहार रोक्न चेतावनी

रविको पक्षमा उत्रिए प्रचण्ड : अमानवीय व्यवहार रोक्न चेतावनी

न्यूजस्टोरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार राेक्न सरकारलाई आग्रह गरेका छन् । 

सोमबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले अदालतबाट दोषी ठहर नभएका र अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै निन्दा गरेका हुन् । 

उनले भनेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ त्यसको निन्दा गर्दछु र त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’ 

हिरासतमा रहेका लामिछानेलाई प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लागे पनि प्रहरीले त्यसको खण्डन गरेको छ ।