मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारलाई नारायणकाजी श्रेष्ठको माग : रविमाथि भइरहेका दुर्व्यवहार तत्काल रोकियोस्

सरकारलाई नारायणकाजी श्रेष्ठको माग : रविमाथि भइरहेका दुर्व्यवहार तत्काल रोकियोस्

न्यूजस्टोरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन् । पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठले भ्रष्टाचार आरोपमा मुछिएका आफ्ना नेता–कार्यकर्तालाई छानवीन र अनुसन्धानमा नल्याई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको ज्यादतीले सरकार प्रतिशोधमा उत्रिएको सर्वसाधारणको आशंकालाई बल पुगेको बताएका छन् ।

चीन भ्रमणमा रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाल म देश बाहिर रहेकै अवस्थामा रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी, मानवअधिकार विरोधी, अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’

त्यस्तै उनले भष्टाचारको अनुसन्धान हुनु पर्ने भन्दै लामिछाने बाहेक कांग्रेस र एमालेका नेताहरुमाथि अनुसन्धान नगरी उनीहरुलाई बचाउन सरकारले भेदभाव गरेको आरोप लगाएका छन् । उनले थप लेखेका छन् , ‘स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जो सुकै भए पनि कारवाही गरिनु पर्दछ । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं । तर सरकारले लामिछाने बाहेकका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै आएको छ ।’