मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कतार जान लागेका गुरुङ विमानस्थलबाट पक्राउ

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कतार जान लागेका गुरुङ विमानस्थलबाट पक्राउ

न्यूजस्टोरी

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गुरुङ छन् ।

पोखरा घर भएका गुरुङ सूर्यदर्शनको सञ्चालक समिति सदस्य हुन् । कतार जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले बताए । उनले भने, ‘उहाँ हाम्रो पक्राउ गर्नुपर्ने सूचिमा हुनुहुन्थ्यो ।’