मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रातारात रविलाई पोखरा लगेपछि चितवनमा रास्वपाको खबरदारी सभा

रातारात रविलाई पोखरा लगेपछि चितवनमा रास्वपाको खबरदारी सभा

न्यूजस्टोरी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा खबरदारी सभा आयोजना गरेको छ । सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा बयान दिन पुगेका पार्टी सभापति रवि लामिछानेको बयान सकिएसँगै बिहीबार बिहानै पोखरा लगिएको विरोधमा रास्वपाले खबरदारी सभा गर्नुपरेको जनाएको छ । 

 रास्वपाले लामिछानेलाई राता रात पोखरा लैजानु मानव अधिकारको विरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा खबरदारी सभा आयोजना गरेको जनाएको छ । 

सहकारी ठगीसहित चार ओटा मुद्धामा लामिछानेलाई पोखराबाट काठमाडौँ र मंगलबार चितवन ल्याई‌ प्रहरीले अनुसन्धान गरिरहेको हो । 

बिहीबार पोखरा पुर्याइएका उनलाई अब पर्सासमेत पुर्याइने छ । 

rsp-chitwan-81-8-20 (1).jpg
rsp-chitwan-81-8-20 (2).jpg
rsp-chitwan-81-8-20 (3).jpg
rsp-chitwan-81-8-20 (4).jpg
rsp-chitwan-81-8-20 (5).jpg
rsp-chitwan-81-8-20 (6).jpg
rsp-chitwan-81-8-20 (7).jpg
rsp-chitwan-81-8-20 (8).jpg
rsp-chitwan-81-8-20 (9).jpg
rsp-chitwan-81-8-20 (10).jpg
rsp-chitwan-81-8-20 (11).jpg