मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्नीमाथि निर्घात कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ

पत्नीमाथि निर्घात कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ

न्यूजस्टोरी

काठमाडौं । घरेलु विवादमा पत्नीको ज्यान मार्ने उद्देश्यले निर्घात कुटपिट गरेको किटानी जाहेरीका आधारमा प्रहरीले सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पक्राउ गरेको छ।

उनी विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत छन्। भट्टविरुद्ध उनकी पत्नीका दाजुले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी गरेका छन्। शनिबार उनले पत्नीमाथि निर्घात कुटपिट गर्दा जयन्ती भट्ट उपचारका क्रममा अहिले धनगढी अस्पतालमा छिन्।