मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपीएलमा ‘बेटिङ’ खेलाएको आरोमा कीर्तिपुरबाट चार जना पक्राउ

एनपीएलमा ‘बेटिङ’ खेलाएको आरोमा कीर्तिपुरबाट चार जना पक्राउ

न्यूजस्टोरी

पाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ खेलाएको अरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् ।

उनीहरूलाई सोमबारको खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबारको खेलमा बेटिङ गराएको आरोपमा अरू दुईजनालाई पक्राउ गरिएको सीआईबीका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए । उनीहरूलाई कीर्तिपुरस्थित त्रिवि खेल मैदानबाटै पक्राउ गरिएको हो। उनीहरूविरुद्ध आज मुद्दा चलाउने तयारी गरिएको उनले बताए ।