मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई चितवन लगियो, आजबाटै बयान सुरु गरिने

रवि लामिछानेलाई चितवन लगियो, आजबाटै बयान सुरु गरिने

न्यूजस्टोरी

काठमाडौं । सहकारी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज विहान काठमाडौंबाट चितवन लगिएको छ ।

गत कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न रहेको अभियोगमा बयानका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौंमा बयान सकेर उनलाई सहारा चितवन सहकारी ठगीमा बयानका लागि चितवन लगिएको हो ।

चितवनमा लामिछानेको बयान आजबाटै सुरु हुने बताइएको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी ठगीमा समेत बयान तथा अनुसन्धान भइसकेको छ ।