काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत जनप्रतिनिधि चयनका निम्ति देशका विभिन्न ४१ स्थानमा मतदान जारी छ । ४१ जना जनप्रतिनिधि छान्न आज बिहान ७ बजेदेखि मतदान भइरहेको हो । जसमा ३७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
आइतबार दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिकासहित सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए ।
बिहान ७ बजेदेखि सुरु मतदान बेलुका ५ बजेसम्म जारी रहने छ । त्यसपछि आजबाटै मतगणना सुरु गरिने आयोगले जनाएको छ ।


प्रतिक्रिया