मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्युपछि सिरहामा राजमार्ग अवरुद्ध

गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्युपछि सिरहामा राजमार्ग अवरुद्ध

न्यूजस्टोरी

सिरहा । मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि लहानमा तनावग्रस्त बनेको छ । मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाएका छन् । उनीहरुले टायर बालेर पूर्वपश्चिम राजमार्ग ठप्प बनाएका छन् ।

अहिले सयौं सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । भारतसँग सीमा जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीमा ड्युटीमा रहेका बेला सई यादवलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो । गाडीको ठक्करबाट सई यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएके छ ।

उनले तस्करहरुको गाडी रोक्न खोजेका थिए, तर उल्टै गाडी ठक्कर दिएर भारततर्फ भागेको बताइएको छ । मृतक सई यादव बीओपी बरहरीमा कार्यरत थिए । उनीसँगै अन्य चार सशस्त्र प्रहरी पनि ड्युटीमा थिए । मृतक सई यादवको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । आन्दोलनमा उत्रिएकाहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, ठक्कर दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही हुनुपर्ने, मृतकका आफन्तलाई न्याय तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।