मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवाह गर्न दबाब दिएपछि साथीसँग मिलेर प्रेमिकाको हत्या

विवाह गर्न दबाब दिएपछि साथीसँग मिलेर प्रेमिकाको हत्या

न्यूजस्टोरी

धनुषा । धनुषाका एक युवकले साथीसँग मिलेर आफ्नै प्रेमिकाको हत्या गरेका छन् । विवाह गर्न दवाव दिएको भन्दै धनुषा जनकनन्दनी गाउँपालिका–३ का २२ वर्षीय रामललित मण्डल खत्वेले आफ्ना साथी ज्ञानेन्द्र दास र रमेश कुमार मण्डलसँग मिलेर सोही गाउँपालिका– ५ की प्रेमिका रेखाकुमारी मण्डलको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरुलाई सार्वजनिक गरेका हुन् । रामललित र रेखाबीच पछिल्लो ५-६ वर्षदेखि प्रेम सम्बन्ध रहेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ । तर रेखाका अभिभावकले दुवैको प्रेम सम्बन्धलाई अस्वीकार गरेको खुल्न आएको छ ।

यता रेखाले भागेर विवाह गर्न रामललितलाई दबाब दिइरहेकी थिइन् । तर रामललितले आफूले जागिर पाएपछि मात्रै विवाह गर्न सकिने भनेपछि उनीहरुबीच विवाद बढेको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् । पछि रामललितले आफ्ना दुई साथीसँग मिलेर रेखाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए । प्रहरीले रामललितसँगै उनका साथीहरू धनुषा शहीदनगर नगरपालिका–८ नाथपट्टीका रमेशकुमार मण्डल र जनकनन्दनी गाउँपालिका–३ का ज्ञानेन्द्र दासलाई पक्राउ गरी कर्तव्य जान मुद्दामा अनुधान भइरहेको जनाएको छ ।